|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेको छ। बुधबार दिउँसो सवा एक बजे सुरु भएको बैठक एमाले सांसदहरुले उठेर अवरोध गरेका हुन्। 

बैठक सुरुवात भएपछि उठेर विरोध गरेपछि सभामुखले सांसद सूर्य थापालाई बोल्न समय दिएका थिए। तर, सत्ता पक्षका सांसदहरूलेसमेत उठेर विरोध जनाएपछि एमाले सांसदहरु उठेर वेल घेराउ गर्न पुगेका छन्। 

एमालेले एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० बाट सदन चल्न दिएको छैन।

एमाले सांसदहरुले ‘सुन तस्करलाई कारबाही गर, उच्च स्तरीय छानबिन समिति गठन गर, सुशासन कायम गर’ भन्दै नारा लगाइरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.