|

काठमाडौं : केही दिन निस्क्रियजस्तो रहेको मनसुन शनिबारदेखि सक्रिय हुने भएको छ। शनिबार बेलुकीपछि देशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले बताइन्।

भारत बिहारको उत्तर पश्चिम क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावले मनसुन सक्रिय हुन लागेको महाशाखाले जनाएको छ । शनिबारदेखि मनसुन थप सक्रिय हुने सम्भावना रहेकाले बाढी पहिरोको उच्च जोखिम हुने भन्दै सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। 

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरी शनिबारदेखि देशका अधिकांश नदीको बहाव उल्लेख्य बढ्ने जनाएको छ। यस्तै आइतबार बागमती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबई, भेरी र महाकाली नदी र यसका सहायक नदीहरूमा जलसतह सतर्कता तह आसपास पुग्न सक्ने महाशाखाले बनाएको छ। त्यसैले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.