|

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्ता पक्षले नै संसदमा विरोध गरेको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले संसदमा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्ता पक्षले उभिएर विरोध जनाएको घटना संसदमा पहिलोपटक देखेको बताए।

उनले सत्ता पक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यताविपरीत भएको जिकिर गरे।

उनले भने, ‘संसदमा बिरलै देखिने दृश्य आज देखियो। सामान्यतया संसद सत्ता पक्षले चलाउन चाहन्छ, प्रतिपक्षले आफ्ना कुरा राख्न चाहन्छ। संसद सुरु भएर मुख्य प्रतिपक्ष दलको सांसद माननीय ज्वाला साहलाई सभामुखले बोल्न समय दिनासाथ सत्ता पक्षका सबै सांसदहरु उठेर उहाँलाई बोलेको कुरा नसुनिने गरी होहल्ला गरेर बोल्नै नदिने अवस्था भयो। यो संसदीय मान्यताअनुसार भएन। आज संसद चल्नै नदिने कुरामा योभन्दा अघि पनि र आज पनि त्यो अवस्था देखियो। यो भन्दा अघि मैले यो दृश्य संसदमा देखेको छैन।'

सांसद पन्तले सिआइबी र राजस्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो?  भन्दै प्रश्न गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.