|

काठमाडौं : गायक राज राई र गायिका एलिना राईको ‘राम दले भाका’ सार्वजनिक भएको छ। गायक राईकै युट्युब च्यानलबाट उक्त गीत सार्वजनिक भएको हो।

नारायण राईले शब्द संकलन गरेको गीतलाई राज राईले लय संकलन गरेका छन्।  

यस्तै,एरेञ्ज,मादल र मिक्सिङमा आर बि लामा छन्। क्यामेरामा नरेश सुनुवार छन् भने बासुरीमा जीवन राई रहेका छन्। मदन राईले भिडियो सम्पादन गरेको गीतमा माया प्रेम,किराती समुदायको मुन्धुमलगायत विभिन्न परिवेशलाई समेटिएको छ। उक्त गीत हलेसी डिजिटलमा रेकर्ड भएको थियो। गायक गायिका राईद्धयको यसअघि पनि राम्दले सालाङ गीत सार्वजनिक भएको थियो।   

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.