|

ललितपुर :पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधिका लागि शनिबार विपना ब्लोन र कृष्णा थापाबीच प्रतिस्पर्धा हुँदैछ। महिला एकलको फाइनलमा राष्ट्रिय च्याम्पियन विपना र गत संस्करणको विजेता कृष्णाबीच प्रतिस्पर्धा हुन लागेको हो। 

पाँच खेलाडी सामेल राउण्ड रोविनमा यी दुवैले तीन–तीन खेल जितेपछि फाइनलमा उपाधि पक्का गरेका हुन्।

यसअघि शुक्रबार पासाङ ब्लोनले धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको प्लेट विधाको उपाधि जितेका थिए। उनले फाइनलमा विनायक श्रेष्ठलाई ११–८, ११–८ र ११–९ ले सोझो सेटमा हराएर उपाधि जितेका हुन्। 

प्रतियोगिताको अन्तिम दिन शनिबार पुरुष एकलमा उपाधि रक्षा अभियानमा रहेका अरहन्त केशर सिम्हा र दीपक थापा तथा यु–१९ मा पासाङ र विकास मगरबीच पनि फाइनल हुनेछ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.