|

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्राविधिक र प्रयोगात्मक विषयमा विद्यार्थीहरूको गहिरो रूचि पाइएको बताएका छन्। उनले सामाजिक सञ्जालबाट यस्तो बताएका हुन्।

उनले सामाजिक सञ्जालमा भनेका छन,‘सामुदायिक विद्यालयका विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रूचि देखिएको छ,सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृतिम वौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स), ड्रोन टेक्नोलोजी र कोडिङ् विषयमा दिइएको अभिमुखीकरणमा विद्यालय, शिक्षक र विद्यार्थीहरूमा विषय सिकाइप्रति उत्साह देखिएको हो।’

उनका अनुसार भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृतिम वौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ्)मा अभिमुखीकरण दिइएको थियो। यस्तै, पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो। 

‘प्रथम त्रैमासिक परीक्षा चलिरहेको छ, यसपछि हामी अभिमुखीकरण (ओरियन्टेसन)का क्रममा सिकाइएका विषयमा विद्यार्थीको रूचि टिप्छौँ, त्यसका आधारमा बुक फ्रि फ्राइडेका दिन सिकाइको विषयका रूपमा समावेश गरेर कक्षा चलाउँछौँ,’उनले भने।

अहिले विद्यालय उमेरमा यस्ता ज्ञान र सिपसँग विद्यार्थीलाई अभ्यस्त गराउन सकिएन भने प्रतिस्पर्धी हुन नसक्ने पनि बताए। ‘यो विज्ञान र प्रविधिमा आधारित समय हो, हरेक व्यक्तिको जीवनशैली यसैसँग जोडिएको छ,’उनले भने,‘अहिले हामीले विद्यालय उमेरमा यस्ता ज्ञान र सीपसँग विद्यार्थीलाई अभ्यस्त गराउन सकेनौँ भने प्रतिस्पर्धी हुन सक्दैनन्।’ 

उनले उनीहरूलाई यो जोखिमबाट बचाउन सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विदार्थीलाई पुस्तकमा भएको सिद्धान्तलाई प्रविधिसँग जोडेर अध्ययन गराउने बताए। ‘महानगरपालिकाले बुक फ्रि फ्राइडेका कार्यक्रमलाई निरन्तरता दिएको छ, यसअन्तर्गत सञ्चालन हुने  शिक्षामा सीप कार्यक्रमको अर्को सत्र सञ्चालन तयारीमा छौँ,’उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.