|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय(त्रिवि)ले  ४९ औँ दीक्षान्त समारोह २०८० मा भाग लिन आवेदन माग गरेको छ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गरि आवेदन माग गरेको हो।

सूचना अनुसार २०७९ साल असार १ गतेदेखि २०८० साल जेठ ३२ गते तदनुसार जुन २०२२ देखि जुन २०२३ सम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक,स्नातकोत्तर तथा एमफिल तह उतीर्ण उत्तीर्ण विद्यार्थीबाट आवेदन माग गरिएको छ। 

त्रिविले दीक्षान्त समारोह सम्बन्धी विस्तृत जानकारी परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा हेर्न सकिने जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.