|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ। संसदमा देखिएको गतिरोध अन्त्यका लागि राष्ट्रपतिले बोलाएको बैठक एमालेले बहिस्कार गरेको हो। 

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले बोलाएको बैठक औचित्यहीन रहेकाले आफूहरू नगएको स्पष्ट पारे। 

‘हामीलाई राष्ट्रपतिज्यूले सदनको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाएको खबर आयो। तर, सम्माननीय प्रधानमन्त्रीज्यूले निरन्तर संवाद गरिरहनुभएकाले राष्ट्रपतिले बोलाएको बैठकको औचित्य के हो? सदनको अवरोधको विषयमा राष्ट्रपतिले छलफल गर्नुपर्दैन। त्यसैले त्यो बैठकको औचित्य छैन,’ उनले थाहाखबर भने। 

सोमबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको बैठकले सदनको अवरोध हटाउने सहमति गरेको थियो। विपक्षी दलले उठाएको सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिसमेत भइसकेको छ।

सहमति भइसकेको विषयमा राष्ट्रपतिले राजनीतिक दलहरूलाई बोलाउनुको कुनै तुक नरहेको एमालेको तर्क छ। एमालेले साउन १० गतेदेखि सदन चल्न दिएको थिएन। तर, आज सुरु हुने बैठकको अवरोध हट्ने बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.