|

पाटन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले ३ महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्ने बताएका छन्।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले आयोजना गरेको आर्थिक वर्ष ०७९/८० मा भएका विकास निर्माणसम्बन्धी कार्यक्रमको वार्षिक समीक्षामा उनले नेपालको मेडिकल शिक्षा अन्तरराष्ट्रिय स्तरमा राम्रो छ भन्ने सन्देश रहेको बताए।

‘नेपालको मेडिकल शिक्षा अत्यन्तै राम्रो छ भनेर अन्तरराष्ट्रिय स्तरमा भनिरहेको अवस्था छ। माल्दिभ्सका मन्त्रीले नेपालमा मेडिकल शिक्षा पढ्ने वातावरण मिलाइदिनुस् भनेर अनुरोध गर्नुभएको छ,’ मन्त्री बस्नेतले भने, ‘हामीले यहाँ मेडिकल शिक्षा सहज रूपमा दिने वातावरण नमिलाउने हो भने ५ वर्षपछि डाक्टर र नर्सको अभाव हुन्छ। यो कुरालाई ध्यान दिएर स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने हो। अब ३ महिनाभित्र स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षामा नसोचेको परिवर्तन गर्छु।’

मन्त्री बस्नेतले जनप्रतिनिधिहरूले पनि काम गरेको छ है भन्ने गरी जनताले अनुभूति गर्नेगरी काम गर्ने प्रष्ट पारे। उनले अहिले सरकारी अस्पतालमा सेवा राम्रो भएका कारण बिरामीको चाप बढ्न थालेको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.