|

मनहरी : हेटौँडामा राप्तीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ।

आज दिउँसो करिब साढे ३ बजेको समयमा माछा मार्ने क्रममा हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङ बस्ने ४५ वर्षीय कुमार भारतीलाई सिमल्टारस्थित राप्ती खोलाले बगाउँदा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। खोलामा मान्छेजस्तो वस्तु तैरिरहेको स्थानीयले देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए।

प्रहरी र स्थानीयको सहयोगमा मृतक भारतीको शव बाहिर निकालिएको प्रवक्ता कार्कीले बताए। बिहीबारदेखि परेको अविरल वर्षाका कारण राप्ती खोलाको बहाव बढेको छ। मृतक भारतीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको प्रहरी प्रवक्ता कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.