|

काठमाडौं : स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रायो भाल्कानोविरुद्ध प्रभावशाली जित निकालेको छ। 

गएराति रायो भालेकानोको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली एट्लेटिकोले ७–० गोलको जित निकालेको हो। एट्लेटिकोको जितमा खेलको दोस्रो मिनेटमै एन्टोनी ग्रिजम्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। १६औँ मिनेटमा मेम्फिस डेपेले गोल गर्दै अग्रता दोब्बर बनाए। खेलको ३६ औँ मिनेटमा नहुएल मोलिनाले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता दिलाए। 

खेलको ७३ औँ र ८४ मिनेटमा अल्भारो मोराटाले गोल गर्दा ७९औँ मिनेटमा एन्जेल कोरेआले गोल गरे भने खेलको ८६औँ मिनेटमा मार्कोस लोरेन्टले टोलीका लागि सातौँ गोल गरे। यो जितसँगै एट्लेटिको तीन खेलबाट दुई जित र एक बराबरीसहित ७ अंक जोडेर दास्रो स्थानमा उक्लिएको छ। पराजित रायो भाल्कानो ३ खेलबाट ६ अंकसहित आठौँ स्थानमा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.