|

भारतमा अर्को महिना हुने जी–२० शिखर सम्मेलनमा अहिलेसम्मकै धेरै सहभागिता हुने भारतले दाबी गरेको छ। 

दिल्ली पुलिसले सुरक्षाको जिम्मा लिएको छ भने कार्यक्रम स्थल, होटल लगायतका क्षेत्रमा एम्बुलेन्स सहितको मेडिकल टोली खटाइने भएको छ।

जी–२० मा अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटाली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका, टर्की  अमेरिका, बेलायत र युरोपेली संघ रहेका छन्। भारतले बंगलादेश, इजिप्ट, मौरिसस, नेदरल्यान्ड्स, नाइजेरिया, ओमान, सिंगापुर, स्पेन र युएईलाई  अतिथि देशका रूपमा आमन्त्रण गरेको छ।

ह्वाइट हाउसले यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन जी–२० नेताहरूको शिखर सम्मेलनमा भाग लिन सेप्टेम्बर ८ देखि १० सम्म भारतको भ्रमण गर्ने बताइएको छ। यस्तै,  क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको भने सम्मेलनमा भाग लिन भारत आउँदै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.