|

नाइजेरियाको राजधानी नियामेमा फ्रान्सविरुद्ध प्रदर्शन भएको छ। पश्चिम अफ्रिकी देशबाट आफ्ना राजदूत र सैनिक फिर्ता लैजान माग गर्दै मियामेमा हजारौँ मानिस सडकमा उत्रिएका हुन्। 

उनीहरुले फ्रान्सका कारण पश्चिम अफ्रिकी देशका सैन्य शासकहरुले पूर्व औपनिवेशिक शक्तिलाई हस्तक्षेप गर्न लागेको आरोपसमेत लगाएका छन्। उनीहरुले फ्रान्सेली सैन्य क्याम्प नजिक उपस्थित भएर विरोध प्रदर्शन गरेका हुन्। 

प्रदर्शनकारीले नाइजरमा सैन्य कु गरेका सेनापतिले फ्रान्सेली राजदूतसँग छलफल गरेको र नयाँ उपनिवेशको निम्तो दिएको प्रदर्शनकारीको आरोप छ। नियामेमा करिब एक हजार ५०० को हाराहारीमा फ्रान्सेली सैनिक बसिरहेको छ। प्रदर्शनपछि फ्रान्सेली सैन्य क्याम्प तथा राजदूतावास वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.