|

काठमाडौं : नेपालका हस्तलेखन प्रशिक्षक तथा शिक्षक अजयकुमार महतो अन्तर्राष्ट्रिय हस्तलेखन प्रशिक्षकको अवार्डबाट पंजाब सरकारद्वारा सम्मानित भएका छन्।

विगत १३ वर्षदेखि नेपालका विभिन्न विद्यालयहरूमा शिक्षक तथा विद्यार्थीहरुलाई सुन्दर हस्तलेखन कला सम्बन्धी प्रशिक्षण दिँदै आएका महतोले सन् २०१७ देखि भने छिमेकी राष्ट्र भारतका  विद्यालयहरूमा पुगी शिक्षक र विद्यार्थीहरुलाई हस्तलेखन कौशलको प्रशिक्षण दिँदै आएका थिए।

पंजाब राज्य सरकारअन्तर्गत रहेका झण्डै १५ हजार बढी फरक विषयका शिक्षकहरुले अवार्डका लागि दरखास्त दिएकामा  १५० शिक्षकहरु मात्र अवार्डका लागि सिफारिस भएका थिए।

जसमा हस्तलेखनतर्फ भने नेपालका महतो सिफारिस भएका हुन्। पंजाब, राजस्थान, हरियाना, हिमाचल, हैदराबाद, मुम्बई, बैंग्लोर, नयाँदिल्लीलगायत राज्य सरकारका विभिन्न विद्यालयहरुले बेस्ट हेन्डराइटिङ प्रशिक्षकको रूपमा गरेको सिफारिसका आधारमा महतो अवार्डका लागि छानिन सफल भएका हुन्।

पंजाब सरकारले गरेको सम्मानलाई  आफ्नो संघर्षको प्रतिफल मानेका उनले यसबाट थप उत्प्रेरित भएको बताए। आगामी दिनमा पनि नेपाल र भारतका शिक्षक तथा विद्यार्थीको सुन्दर हस्तलेखन सीप विकासका लागि आफू लागिपर्ने उनको प्रण छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.