|

ललितपुर : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरले उपयोगमा आउने तथा स्वरोजगार बनाउने किसिमका सीप मात्र सिकाउनेमा जोड दिएका छन्।

 शुक्रबार यहाँ आयोजित ‘रोजगारीको खोजीमा रहेका युवालाई रोजगार प्रवर्द्धनका लागि सहकार्य’सम्बन्धी निजी क्षेत्र र सरोकार भएकाबीच अन्तक्र्रियात्मक कार्यक्रममा महानगर प्रमुख महर्जनले नगरसभाबाट पारित भई सञ्चालित तालिम तथा सीप सिकाउने कार्यक्रम प्रमाणपत्र वितरणका लागि मात्रै नभई स्वरोजगार बनाउने किसिमका हुने बताए।

आजको अन्तरक्रियामा पनि सहभागीले स्वरोजगमरमूलक सीप सिकाउने कुरामा जोड दिएका छन्। केही दिनअघिको सार्वजनिक सुनुवाइमा पनि महानगरले सञ्चालन गर्ने तालिम जीवन उपयोगी हुनुपर्ने सुझाव आएका छन्”, उनले भने, “ती सुझाव र राज्यबाट प्राप्त बजेटको उचित सदुपयोग गरी स्वरोजगारमूलक तालिम सिकाउनेमा प्रतिबद्ध छौँ।”

बजेट मात्रै खर्च हुने, व्यवहारमा कार्यान्वयन नहुने र आयआर्जनमा वृद्धि नगर्ने किसिमका वडास्तरीय तालिमका लागि बजेट विनियोजन नगर्ने महानगरप्रमुख महर्जनको भनाइ छ। रोजगार सेवा केन्द्रमार्फत महानगरबाट सीपमूलक तालिम दिने योजना रहेको भन्दै उहाँले विद्युतीय सवारी मर्मतका साथै अन्य स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न सहयोग गरिने उल्लेख गरे।

महानगरप्रमुख महर्जनले अहिले ललितपुर महानगरमा ३० हजारभन्दा बढी युवायुवतीले स्वरोजगारमूलक काम गरिरहेका जनाउँदै रोजगारमा आबद्ध हुनेको सङ्ख्या अझै वृद्धि गर्दै लैजाने योजना रहेको बताए।

“उद्योगी व्यवसायी तथा अन्य सहभागीले दिनुभएको सुझावका आधारमा उद्योग सञ्चालन गर्न आवश्यक दक्ष जनशक्ति तयार पार्न लगानी गर्नेछौँ”, उनले भने, “साथै महिला तथा पिछडिएको वर्गलाई आत्मनिरर्भर बनाउन आवश्यकताका आधारमा रोजगार केन्द्रसँगको सहकार्यमा सीप प्रदान गर्नेछौँ।”

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.