५५ केजी महिलामा आर्मीको वर्चस्व

|

ललितपुर : आकर्षक नगद पुरस्कार राशिको वीर गणेशमान सिंह स्मृति पाँचौँ राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा क्वार्टरफाइनलका खेल सम्पन्न भएको छ। 

जिल्ला खेलकुद विकास समिति ललितपुर र ललितपुर जिल्ला किक बक्सिङ संघको संयुक्त आयोजनामा गोदावरी नगरपालिका– ११ चापागाउँको प्याङगाउँ चौरमा जारी प्रतियोगितामा शनिबार सेमिफाइनल र फाइनलका खेल हुनेछन्। 

शुक्रबार सम्पन्न खेलमा ५५ केजी तौल समूहमा नेपाली सेनाको वर्चस्व रह्यो। सेनाकी सपना आलेले पाटन किक बक्सिङकी सपना तामाङलाई हराउँदै सेमिफाइनलमा पुगेकी छिन्।

यस्तै सुदुर पश्चिमकी अनु विष्टलाई पाखा लगाउँदै सेनाकी अनुपा नेपाली सेमिफाइनलमा पुगेकी छिन्। यसैगरी मकवानपुरकी उर्मिला थिङ र सशस्त्र प्रहरीकी विद्या गुरुङ पनि अन्तिम चारमा पुगेका छन्। 

यस्तै ५० केजी तौल समूहमा एपीएफकी कमला बोहरा, स्ट्रङ मुवाईथाइँकी  सुष्मा चौधरी, मकवानपुरकी डोल्मा बम्जन र एपीएफकी दीपा शाहीले क्वार्टरफाइनल पार गरेका छन्। 

यसैगरी महिलाकै ६० केजी तौलमा सेनाकी अप्सरा कुमाल, भक्तपुर किक बक्सिङकी अनिता तामाङ, आइकेकेएफ कि चन्दा कुमारी भुजेल र एपिएफकी निशा विक पनि सेमिफाइनलमा प्रवेश गरेका छन्। 

यसैगरी खुला महिलामा एपिएफकी ममता राई अन्तिम चारमा पुगेकी छिन्। उनले क्वार्टरफाइनलमा फाइट क्लबकी वास्ता कुमारी पाख्रिनलाई हराएकी हुन्। 
यसैगरी ७० केजी पुरुषमा हरिसिद्धी उसु क्वानका राजेश रायमाझी, सेनाका शनि सिंह, बुसिको एमएमएका सविन डिमडुङ र  र्‍याग फिटनेसका आशुतोष मुल्मी सेमिफाइनलमा पुगेका छन्। 

पुरुष खुल्ला तौलमा फाइट क्लबको आधिपत्य रह्यो। शुक्रबार पाइट क्लबका राजन तामाङ र गणेश श्रेष्ठ सेमिफाइनलमा पुग्दा एपिएफका सञ्जीव मर्हजन र काभ्रेका सृजन थापा क्वार्टरफाइनल पार गरे। 

यसैगरी गणेशमान किक बक्सिङ अन्र्तगत नै ५० केजी पुरुषमा नेपाली सेनाका २ खेलाडीले अन्तिम चारमा स्थान बनाएका छन्। सेनाका धर्मेन्द्र राम र यमराज थापा मगर सेमिफाइनलमा पुगेका हुन्।  यस्तै आयोजकका चिरन राई र एपिएफका अनिश परियारले पनि सेमिफाइनलमा स्थान बनाएका छन्। 

यस्तै ५० केजी तौल पुरुषमा फाइट क्लबका तीर्थराज थापा, गोर्कणेश्वर मुवाइथुँवाइका लाक्पा तामाङ, ने क्योक्योसिनका एलिस बम्जन र चितवन राइनोका गगन घर्ती मगरले सेमिफाइनलमा प्रवेश पाएका छन्। 

यस्तै ६० केजी तौल समूहमा एपिएफका पेम्बाछिरी तामाङ, भक्तपुरका सिरिष भुजु, सो क्योक्योसिनका सागर दर्जि र काभ्रे मुवाइँथुवाइ काभ्रेका लक्ष्मण श्रेष्ठले अन्तिम चारमा स्थान बनाएका छन्। 

३ दिनसम्म चल्ने प्रतियोगितामा पुरुष र महिलाका ६– ६ वटा गरी कुल १२ इभेण्ट्समा प्रतिस्पर्धा चलिरहेको हो।  पुरुषमा ५० केजी , ५५ केजी , ६० केजी , ६५ केजी ,७० केजी र खुल्ला तौल गरी ६ तौल समूहमा प्रतिस्पर्धा भइरहेको छ। 

यसैगरी महिलमा ४५ केजी , ५० केजी, ५५ केजी , ६० केजी , ६५ केजी र खुला गरी ६ तौल समूहमै प्रतिस्पर्धा चलिरहेको छ। 

प्रतियोगिताको कुल नगद पुरस्कार राशी ९ लाख ५७ हजार रुपैयाँ रहेको छ।

समग्रमा टिम च्याम्पियन बन्नेलाई एक लाख नगदबाट पुरस्कृत गरिने आयोजकले बताएको छ। यस्तै समग्रमा दोस्रो हुने टिमले ५० हजार र तेस्रो हुने टिमले २५ हजार नगद पुरस्कार पाउने छन्। 

यसैगरी उत्कृष्ट पुरुष र महिला खेलाडीलाई समान २५–२५ हजार नगद पुरस्कार प्रदान गरिने छ।

२ सय ८१ जना खेलाडीले भाग लिएको प्रतियोगिता आयोजनामा मुख्य सहयोग गोदावरी नगरपालिका रहेको छ भने बाग्मती प्रदेश खेलकुद विकास समितीले पनि प्रतियोगितालाई सहयोग गरेको छ। 

५० लाख बजेट रहेको प्रतियोगितामा ३ विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, एपीएफको साथमा उसु, कराते, तेक्वान्दो, बक्सिङ, फुल कन्ट्याक्ट, मुवाँथाई लगायतका टोलीको सहभागिता रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.