news

|

काभ्रेपलाञ्चोक : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले नेपालसँग आर्थिक समृद्धिको लक्ष्य रहेको बताएका छन् ।

काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ  विश्वविद्यालय (केयू) स्कुल अफ एजुकेशन विभागद्वारा आयोजित ‘प्राविधिक, व्यवसायिक शिक्षा तथा तालिम’ (टिभिइटी) विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनले नेपालले आर्थिक समृद्धिसँगै पूँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताए।

“लक्ष्य प्राप्त गर्न टिभिइटीका जानकार, शैक्षिक वर्ग, विकासका साझेदार तथा निजी क्षेत्रको सहयोग र समन्वयमा राम्रो काम गर्न अघि बढिरहेका छौँ”, मन्त्री राईले भने।

उनले नेपालका तीनै तहका सरकारले टिभिइटीका लागि सुधारात्मक कानून बनाइरहेको बताए। तीन तहका सरकारमध्ये स्थानीय सरकार सबैभन्दा बढी शक्तिशाली र नेतृत्वदायी रहेको उनको भनाइ थियो । 

मन्त्री राईले टिभिइटीका सन्दर्भमा नेपाल परिपक्व नभइसकेको उल्लेख गर्दै विकासका अवसरको उपलब्धतासँगै रोजगारी अवसरको योजना परिचालन गरिरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.