|

रौतहट : रौतहटमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ। 

जिल्लाको कटहरिया नगरपालिका–५ मा आपसी विवादमा छुरा प्रहार हुँदा २५ वर्षीय सुनिल राय यादवको ज्यान गएको हो।

खानेपानी कार्यालय नजिक शुक्रबार साँझ साढे ७ बजेतिर सुनील यादवका दाजुभाइ र स्थानीय बद्री साह सोनार र किसन साहबीच विवाद भएको थियो। यसक्रममा बद्री र किसनको छुरा प्रहारबाट यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। 

छुरा प्रहारपछि भुइँमा लडेर अचेत भएका उनलाई स्थानीयले उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया पुर्‍याएका थिए। लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। 

घटनामा संलग्न२५ वर्षीय बद्री र २३ वर्षीय किसनलाई नियन्त्रणमा लिएको छ। ​मृतक यादवको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ओमप्रकाश खनालले बताए।  

दुवै परिवारका बालकबीच शुक्रबार खेल्ने क्रममा भएको सामान्य झगडाको विषयमा भनाभन हुँदा झडप भएको थियो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.