|
तस्वीर : एएफपी

चीनले राष्ट्रिय भावनामा चोट पुर्‍याउने पहिरन प्रतिबन्धित गर्ने तयारी गरेको छ।

चीनको व्यवस्थापिकाको स्थायी समितिले हालै मात्र जारी गरेको कानून संशोधनको मस्यौदामा उल्लेख भएअनुसार राष्ट्रिय भावनामा चोट पुर्‍याउने पोशाकलाई अवैध घोषणा गर्न सकिने उल्लेख छ।

उक्त मस्यौदा पारित भएमा चिनियाँ नागरिकले आफ्नो इच्छाअनुसारका पहिरन लगाउन पाउने छैनन्। प्रतिबन्धित पहिरन लगाउन कसैले जबर्जस्ती गरेको खण्डमा त्यस्ता व्यक्तिलाई जरिवानासहित कैद सजायसमेत गरिने ब्यबस्था हुन सक्ने बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ।

बीबीसीका अनुसार नियम अटेर गरेमा १५ दिनसम्म थुनामा बस्नुपर्नेछ भने ५ हजार युआनसम्म जरिवाना हुन सक्नेछ तर नयाँ कानून लागू भएपछि कस्तो प्रकारको पोशाकमा प्रतिबन्ध लगाइने भन्नेबारे सांसदहरूले स्पष्ट पारिसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.