|

काठमाडौं : नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले सरकार प्रमुखबाहेक अरूसँग वार्तामा नबस्ने बताएकी छन्। बिहीबार माइतीघर मण्डलामा भइरहेको विद्यालय शिक्षा विधेयक विरुद्धकाे आन्दोलनमा  उनले यस्तो बताएकी हुन्।

उनले सरकारबाट माग पूरा हुने संकेत आएको तर,वार्तामा अहिले तत्काल नजाने पनि बताइन्। ‘सरकारसँग माग पूरा हुने संकेत आएको छ,तर हामी अहिले वार्तामा बस्दैनौँ, सरकार प्रमुखसँग बस्छौँ,त्यो वातावरण मिले वार्ता पनि बस्दै गर्छौं,सडक आन्दोलन पनि छोड्दैनौँ,’उनले भनिन्।

अहिलेलाई आन्दोलन शान्तिपूर्ण गर्ने भन्दै सरकारले चासो नदेखाएको खण्डमा कडा रूपमा प्रस्तुत हुने उनको भनाइ छ। उक्त विधेयक परिमार्जन गर्नुपर्ने भन्दै हिजो (बुधबार)देखि देशभरका शिक्षकहरू विद्यालय नै बन्द गरी काठमाडौंमा विरोध प्रदर्शन गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.