भरतलाई ३ रजत र २ कांस्य

|

ललितपुर : १९औँ एशियाली खेलकुदको पछिल्लो पदक तालिकामा आयोजक चीनले अग्रता लिएको छ। पछिल्लो अपडेटअनुसार उसले ३० स्वर्ण १२ रजत र ५ कांस्य पदक जितेको छ। 

दोस्रो स्थानमा रहेको दक्षिण कोरियाले ६ स्वर्ण ७ रजत र ७कांस्य पदक जितेको छ। यस्तै जापानले ३ स्वर्ण १० रजत र ७कांस्य पदक आफ्नो नाममा लेखाइसकेको छ। 

हङकङले २ स्वर्ण र ५ कांस्य पदक आफ्नो पक्षमा पार्दा उज्वेकिस्तानले १ स्वर्ण ३ रजत र ३ कांस्य पदक जितेको छ। यस्तै चाइनिज ताईपेईले १ स्वर्ण १ रजत र २ कांस्य पदक हात पारेको छ। 

भारतले ३ रजत र २ कांस्य पदक जित्दा इण्डोनेसियाले १ रजत र ३ कांस्य तथा मंगोलियाले १ रजत र २ कांस्य पदक जितेका छन्। 

इरान , कताकस्तान र युएईले समान १ रजत र १ कांस्य पदक जितेका छन्। ब्रुनाईले १ रजत आफ्नो पक्षमा पार्दा भियतनामले २ कांस्य पदक जितेको छ। मकाउ, फिलिपिन्स, उत्तर कोरिया र थाईल्याण्डले एक–एक कांस्य पदक जितेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.