|

छोङ्छिङ : प्रधानमन्त्री पुष्पकमल दाहाल आज बिहान चीनको छोङ्छिङ पुगेका छन्।  साताव्यापी चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल राजधानी बेइजिङदेखि चाइना एअरको विमानमार्फत छोङ्छिङ पुगेका हुन्। 

उनलाई चिनियाँ अधिकारीद्वारा  विमानस्थलमा स्वागत गरेका थिए। कार्यक्रम अनुसार आजै उनले छोङ्छिङ कृषि विज्ञान प्रतिष्ठानको अवलोकन भ्रमण गर्नेछन्।  

चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोङ्छिङ नगरका पार्टी सचिव, युआन चिउचनले प्रधानमन्त्री दाहालको स्वागतार्थ आयोजना गर्ने दिवा भोजमा सरिक हुनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.