|

संखुवासभा : नेपाली कांग्रेस जिल्ला कार्य समिति संखुवासभाका सभापति दीपक खड्काले राजीनामा दिएका छन् । 

बुधबार एक विज्ञप्ति जारी गर्दै खड्काले सभापति पदबाट राजीनामा दिएका हुन्। प्रतिनिधिसभा सदस्य भएका कारण जिल्लाको पार्टी संगठनलाई चाहेर पनि पर्याप्त समय दिन नसक्ने भएपछि पार्टी सभापतिबाट राजीनामा दिएको खड्काले बताए ।

प्रतिनिधिसभा सदस्य रहेको र प्रतिनिधिसभाको गतिविधिमा संलग्न हुनुपर्ने भएका कारण काठमाडौंमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उल्लिखित कारणहरूलाई दृष्टिगत गर्दै पार्टी संगठन सुदृढ सहज होस् भन्ने चाहनाले मैले नेपाली कांग्रेस जिल्ला कार्यसमितिको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको विज्ञप्‍तिमा भनिएको छ ।

मेरो राजीनामा स्वीकृत गरी विधान बमोजिम जिल्लाका अन्य साथीहरु बाट सभापति चयन गरी पार्टी संगठन परिचालन गराउन नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललिपुरलाई विज्ञप्ति मार्फत जानकारी समेत गराएका छन् ।

खड्का २०७८ असोज १४ गते चार बर्षे कार्यकालका लागि सभापति पदमा निर्वाचित भएका हुन् ।  खड्का गत २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् । कांग्रेस सभापति खड्का २०७० सालमा संविधानसभा सदस्य समेत भइसकेका हुन् । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.