|

काठमाडौँ : विश्व पर्यटन दिवसका अवसरमा एकैपटक ७२३ भारतीय पर्यटक नेपाल आएका छन्।

नेपालका धार्मिक तीर्थस्थलमा दर्शनका लागि यसरी भारतीय धार्मिक पर्यटकहरू नेपाल आएका हुन्। उनीहरू लुम्बिनी र जानकी मन्दिरको दर्शनीपछि काठमाडौँ आइपुगेका छन्।

उनीहरूले पशुपति दर्शन तथा ललितपुरको पाटन दरबार स्क्वायर र भक्तपुर दरबार स्क्वायरको समेत अवलोकन गरेका छन्। धार्मिकस्थलहरू लुम्बिनी, जनकपुरको जानकी मन्दिर, पशुपतिनाथ, काठमाडौँ उपत्यकाका विभिन्न स्थान, पोखरा, मनकामना हुँदै मुक्तिनाथसम्म जाने तयारी उनीहरूको रहेको जनाइएको छ। 

यसअघि सात सय बढी बङ्गलादेशी पर्यटकहरू चार्टर्ड गरेर नेपाल भ्रमणका लागि आएका थिए। उनीहरू मध्ये धेरै भारतीय मुलका अमेरिकन रहेका छन्। भारतीय पर्यटक राजेन्द्र ठकरले ७२३ यात्रुहरूलाई लिएर नीलकण्ठमणि यात्रामा नेपालमा सबै प्रसिद्ध धार्मिकस्थलको दर्शन गर्न आएको बताए।

उनले नेपाल प्राकृतिक र धार्मिकरूपमा सुन्दर रहेको पाएको बताए। उनीहरू नेपालमा १३ दिनको धार्मिक यात्राको लागि आएका बताइएको छ। 

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को ६ महिनाको अवधिमा ४ लाख ७६ हजार ४८१ पर्यटक आएका छन्। पछिल्लो एक महिनामा ६७ हजार १५३ जना पर्यटक नेपाल आएका छन्। यो महिनामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन्।

भारतपछि चीन र अमेरिकाबाट धेरै पर्यटक नेपाल आएका छन्। यो महिनामा नेपाल भ्रमण गर्ने भारतीयको संख्या २६ हजार ६६५ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.