|

विराटनगर :‌ नेपाल कम्युनिष्ट पार्टी एमाले कोसी प्रदेशको नेतृत्व चयनका लागि  उमेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले आइतबार अपरान्ह अन्तिम नामावली प्रकाशन गरेको हो। मनोनयनउपर दाबी विरोध तथा  फिर्ता लिने समय सकिएपछि नामावली प्रकाशन गरिएको हो।

प्रमुख निर्वाचन अधिकृत चुणामणि आचार्यले  नेतृत्व चयनका लागि तोकिएको कार्यतालिकाभन्दा   ढिलो गरी निर्वाचन शुरु हुने  जानकारी दिए।

ढिलोमा १२ बजे मतदान शुरु गर्ने तयारी भए पनि कार्यतालिकाभन्दा ढिलो शुरु भएको  बताउँदै उनले  नामावली प्रकाशन भएसँगै मतपत्र प्रकाशन गर्न पठाइएको आचार्यले बताए।

अध्यक्षसहित पाँच पदाधिकारी चयन गर्न निर्वाचनमा ९९७ जना प्रतिनिधिले मतदान गर्नेछन्। अध्यक्षमा विनोद ढकाल र घनश्याम खतिवडा चुनावी प्रतिस्पर्धामा छन्।

अध्यक्ष पदका उम्मेदवार विनोद ढकालको प्यानलमा  सचिव शैलेश लामा र उपसचिव खेम नेपाली छन्। उपसचिमा भविश्वर गुरुङले उमेदवारी फिर्ता लिएका छन्।‌

यसैगरी अध्यक्ष घनश्याम खतिवडाको प्यानलमा राजकुमार भण्डारी सचिवको उमेदवार छन्।  उपसचिवमा जलवर्षा राजवंशी र देवान राईले उमेदवारी दिएका छन्।‌

उपाध्यक्ष टिका चेम्जोङलाई दुबै प्यानलको समर्थन थियो। ‌सो पदमा उनको मात्र उम्मेदवारी परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.