|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले अपराधीलाई छाडेर सुशासनको कुरा गरेको भन्दै आलोचना गरेका छन्।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर मंगलबार सम्बोधन गर्दै ओलीले नेपालगन्जमा दिनदहाडै खुँडा प्रहार गरी मान्छे मार्नेलाई सरकारले छाडेको भन्दै आलोचना गरे। 

‘यही हो सरकारको सुशासन?’ ओलीले भने, ‘अदालतले जन्मकैद तोकेको मान्छेलाई दुई चार वर्ष जेलमा राखेर छोडिएको छ । नेपालगन्जमा पीडित परिवार पुरै त्रासमा छ ।’

उनले एसिड आक्रमणकारीलाई समेत उन्मुक्ति दिइएको भन्दै आलोचना गरे। 

‘सुशासन छँदैछैन । एसिड आक्रमण विरुद्ध मैले अध्यादेशबाट कानुन ल्याउनुपर्‍यो । कडा कारबाही गर्ने कानुन बनेकोमा सबै महिला खुशी पनि थिए। तर मुस्कान खातुनको घाउ निको भएको छैन। उनलाई एसिड प्रहार गर्ने आक्रमणकारीलाई सरकारले छोडिसक्यो ।’ ओलीले भने, ‘फागुन १ को उत्सवमा छाड्यो कि संविधान दिवसमा मैले मिति बिर्सिएँ तर अदालतले १० वर्ष कैद तोकेकोमा सरकारले ४ वर्ष नपुग्दै छाडिसक्यो। पीडितलाई उपचार गरिदिन नसक्ने । अपराधीलाई छाड्ने अनि सुशासनको नारा लगाउने?’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.