|

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भएको बताएका छन्।

मंगलवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले वर्तमान सरकार स्वेच्छाचारी र विकासविरोधी रहेको उल्लेख गरे। उनले अहिले विकासका काम ठप्प पारिएको दाबी गरे। उनले काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको बताए।

उनले भने, ‘नेपाली काँग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र)को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन्‚सबैलाई थाहा छ। यी सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार, स्वेच्छाचारी र विकासविरोधी देखिएका छन्। काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको छ। उनीहरूले ऋण तिर्न सकेका छैनन्।’

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको ठोकुवा गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.