|

काठमाडौँ : फुटबल वर्ल्ड कप-२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड-१ अन्तर्गत नेपाल र लाओसबीचको खेल यही असोज २५ गते दशरथ रङ्गशालामा हुने भएको छ। आज (शुक्रबार) यहाँ आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले उक्त जानकारी दिएको हो।

फिफा वरीयतामा लाओस १८६औँ र नेपाल १७५औँ स्थानमा छन्। मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा हाल २५ सदस्यीय नेपाली टोली बन्द प्रशिक्षणमा रहेको एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए।

छनोट खेलका लागि एन्फाले सम्पूर्ण तयारी गरिसकेको पनि उनले बताए। खेलको ‘कमर्सियल मिडिया राइट’ सिङ्गापुरस्थित स्पोर्टस फाइभलाई प्रदान गरिएको छ।

खेलका लागि टिकट दर साधारण पाराफिटतर्फ ३ सय रुपैयाँ र भिआइपी पाराफिटतर्फ ५ सय कायम गरिएको छ। खेलको टिकट एन्फा आफैँले बिक्री गर्ने छ। सो प्रतियोगिताका लागि ७३ लाख ६८ हजार ४०० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.