|

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले मध्यपूर्वमा द्वन्द्व बढ्न नदिन कूटनीतिक प्रयास गर्न आग्रह गरेका छन्। इजरायलमा हमासको आक्रमणपछि उनले द्वन्द्व समाधान गरी शान्ति हासिल गर्न वार्ता नै एक मात्र माध्यम भएको बताएका छन्।

संयुक्त राष्ट्रसंघको महासचिवका हैसियतमा द्वन्द्व थप चर्किनबाट रोक्न सबै कूटनीतिक प्रयास गर्न आग्रह गर्दछु’, गुटेर्रेसले भनेका छन्, ‘दुई राष्ट्रको द्वन्द्व समाधान गरी शान्ति हासिल गर्न वार्ता नै उत्तम माध्यम हो।’

प्यालेस्टाइनी लडाकू समूह हमासले शनिबार इजरायलमाथि हवाइ, समुद्री र स्थल आक्रमण गरेको हो । शनिबार हमास र इजरायली पक्षबाट भएका आक्रमणमा सयौँ व्यक्ति हताहत भएका छन् ।

आक्रमणको विश्वव्यापी आलोचना भएको छ भने इरानले आक्रमणलाई ‘गौरवपूर्ण अभियान’ भनेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.