|

काठमाडौं : नेकपा एमाले मधेश प्रदेशको अधिवेशन बुधबार शुरु हुँदैछ।

जनकपुरमा हुने अधिवेशनको उद्घाटन मध्याह्न १२ बजे अध्यक्ष केपी शर्मा ओलीले गर्ने  तय भएको पार्टीका सचिव योगेश भट्टराईले जानकारी दिए। उद्घाटनसँगै आज बन्दसत्र शुरु हुनेछ। बन्दसत्रमा पार्टीका विभिन्न प्रतिवेदन पेश हुनेछन्।

नयाँ नेतृत्व सकेसम्म सर्वसम्मत गराउने प्रयास हुने र हुन नसके बिहीबार निर्वाचन कार्यतालिका अघि बढ्ने सचिव भट्टराईले जानकारी दिए। नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए।
 
अधिवेशनका लागि एक हजार २७ जना प्रतिनिधि छनोट भइसकेको उनले बताए। कार्यक्रमस्थल व्यवस्थापन, अतिथि र पाहुनाको आवासलगायत अत्यावश्यक सबै कामको तयारी पूरा भएको उनको भनाइ छ।

अधिवेशनले २१० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.