|

विराटनगर : कोशी प्रदेशको मुख्यमन्त्रीमा समर्थन गरेका सांसद्हरूको  सनाखतका लागि प्रदेश प्रमुखको कार्यालय पुगेका  छन्।

मुख्यमन्त्रीका लागि केदार कार्की र इन्द्र आङ्बोको पक्षमा ४७–४७ सांसद्को समर्थन देखिएको भन्दै आज  बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सनाखत गर्न प्रदेश प्रमुख पर्शुराम खापुङले समय  मागेका थिए। 

दुवै दाबीकर्ताका समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचय–पत्रसाथ आउन आग्रह समेत गरेका थिए । 

 सोही अनुसार कार्कीले नेकपा (एमाले) का ३९ र काङ्ग्रेसका ८ सांसद्सहित ४७ जनाको समर्थन जुटाएर सनाखतका लागि  प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.