मिति नाघेका डेढ लाखकाे चामल र भुजा भेटियाे

|

काठमाडाैँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता झुक्याउने पसललाई कारबाही गरेको छ।

विभिन्न ८ पसललाई कारबाही गरेर ३ लाख ७५ हजार रुपैयाँ जरिवाना असुल गरेको विभागले जनाएको छ। विभागको बजार अनुगमन टोलीले भक्तपुरको मध्यपुर थिमीस्थित एक खाद्य पसलमा गुणस्तरहीन, परिमाण, मूल्य, नापतौल हेरफेर गरेको पाइएपछि २ लाख रूपैयाँ जरिवाना गरेको छ।

उक्त पसलमा डेढ लाख मूल्य बराबरको म्याद गुज्रिएको चामल र भुजा भेटिएपछि विभागको टोलीले मुचुल्का उठाएर सम्बन्धित स्थानीय तहलाई नष्ट गर्न सिफारिस गरेको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए।

चाकुपाट, कुपन्डोल, बौद्ध, मध्यपुरथिमीका खाद्य तथा तरकारी र किराना पसललाई ५ हजारदेखि ५० हजारसम्म जरिवाना तिराइएको छ।

विभागको टोलीले आज काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न २९ वटा पसलमा अनुगमन गरेको थियो। केही पसलहरूलाई थप कागजात माग गरिएको छ भने केहीलाई सामान्य निर्देशन दिइएको जनाइएकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.