|

रौतहट : गोली प्रहारबाट रौतहटका एक युवकको भारतमा हत्या भएको छ। रौतहटका एक जना युवकमाथि भारत विहारको रामगढवा बजारमा गोली प्रहार गरी हत्या गरिएको हो।

भारतको रक्सौलबाट करिब १३ किलोमिटर मोतीहारी जाने मुलसडकको रामगढ्वामा मंगलबार गौर नगरपालिका–९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो।

रामगढवा बजार स्थित शिव शक्ति राइस एन्ड फ्लोर मिलमा लेखापालको काम गर्दै आएका सिंहलाई पैसा लुट्ने उद्देश्यले गोली हानी हत्या गरिएको अनुमान प्रहरीको छ।

भारतको मुजफ्फरपुरबाट मिलको रकम संकलन गरी फर्किरहेका सिंहलाई मिल नजिकै अज्ञात समूहले गोली हानेका थिए। गोली सिंहको छातीमा लागेको र घटनास्थलमै मृत्यु भएको मृतकका नातेदार गौर नगरपालिका वडा नं–९ का वडाअध्यक्ष अर्जुन सिंहले बताए।

उनको साथमा रहेको २९ लाख भारतीय रुपैयाँ लुटेरा समूहले लुटेर फरार भएका छन्। लुटेरा समूहले प्रयोग गरेको विआर २९ जी ७८५१ नम्बरको बोलेरो जीप भारतीय प्रहरीले घटनास्थलबाट बरामद गरेको र थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ। 

रौतहटका प्रहरी प्रवक्ता डिएसपी दामोदर केसीले घटनाको पुष्टि गर्दै मृतकको शव मंगलबार साँझ परिवारलाई जिम्मा लगाइएको र भारतीय प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.