|

रौतहट : रौतहटको वृन्दावन नगरपालिकामा एकै दिन दुई जना प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको छ। राजनितिको अखडा बन्दै गएका ती पालिकामा बिहीबार दुई जना प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको हो।

दुई जना प्रशासकीय अधिकृत हाजिर भएपछि एउटै पार्टी (एकिकृत समाजवादी) पार्टीबाट निर्वाचित भएका मेयर र उपमेयरबीच विवाद चुलिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत असोज २६ गते रौतहटको फतुवा विजयपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाइएको थियो। यस्तै मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) बमोजिम प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मको लागि हाल कार्यरत कार्यालयको काममा बाधा नपर्ने गरी रौतहटको वृन्दावन नगरपालिका, रौतहट समेतबाट सम्पादन गर्नु पर्ने कामकाजमा सहजीकरण गर्न आर्थिक तथा प्रशासनिक कार्य सहितको थप जिम्मेवारी दिइएको थियो।

तर, सुरेन्द्र प्रधान सर्लाहीको हरिवन नगरपालिकामा कार्यरत रहेको हुँदा आउन ढिलाई भएको मौका छोपेर वृन्दावन नगरपालिकाका हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका कर्मचारी रासनारायण पटेलले राजनितिक पहुँचमा कार्तिक १ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दुई महिनाको लागी आर्थिक कारोबार गर्नेगरी पत्र कटाउन सफल भए।

रासनारायणलाई वृन्दावन नगरपालिकाका कार्यालयको च.नं. ४४८ को मिति २०८० असोज १८ को पत्रबाट नगर कार्यपालिकाको निर्णय सहित लेखी आए बमोजिम निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको मन्त्रालयले दिएको पत्रमा उल्लेख छ।

निमित्त रासनाराणले पत्र थमेका १८ घण्टा भित्र हतार हातारमा वृन्दावनका नगरप्रमुख बिनोद प्रसाद कुर्मीले पटेललाई कार्यालयमा हाजिर गराए। पटेल हाजिर भएको दुई घण्टामै नेपाल सरकारका उपसचिवसमेत रहेका सुरेन्द्र प्रधान हाजिर हुन नगरपालिका पुगे। प्रधानलाई उपमेयरसहित वडाअध्यक्षहरूले स्वागत गर्दै हाजिर गराएका हुन्।

वृन्दावनमा एकैदिन दुइ जना हाकिम हाजिर भएपछि राजनितिककर्मी देखि आम सर्वसाधारणहरूले समाजिक सञ्जालमा आलोचना गर्न थालेका छन्।

यता उपसचिव हाजिर भए लगत्तै निमित्तको प्रशासनिक पद सोतह खारेज भएको जानकारहरू बताउँछन्।

रौतहटको देवाही गोनाही नगरपालिकामा दरबन्दी भइ काजमा बृन्दावन नगरपालिका सरुवा भएका पटेललाई नगरप्रमुख बिनोद प्रसाद कुर्मीले गत असारमा पनि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएका थिए। गत आर्थिक वर्षको अन्तिम तिर कार्यालय प्रमुख बिहीन बनेका ती पासिलकामा असार ५ गते राजनितिक पहुँचकै अधारमा हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका  रहेका रासनारायणलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार ३० गते सम्मका लागी आर्थिक कारोबार गर्न जिम्मेवारी दिएका थिए।

एकिकृत समाजवादी पार्टीबाट नगरप्रमुख,उपप्रमुख र पाँच जना वडाअध्यक्षसहित विजयी भएका ती पालिकामा पछिल्लो समय गुठबन्दी हुँदा राजनितिक द्धवन्द्ध हुदै आएको छ।

संघीय ममिला तथा समान्य प्रशासन मन्त्रालयले दुवैजनालाई चिठि दिएपछि यतिबेला ती नगरपालिकामा विवाद चुलिएको हो। लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको वृन्दावन नगरपालिकामा दशैँ बिदा हुनु एक दिन अघि मात्र दुई जनाले हाजिर गरेपछि आम सर्वसाधारणमा अन्यौल उत्पन्न भएको छ।

वृन्दवन नगरपालिकाकी उपप्रमुख संगितादेवी रामका अनुसार उपसचिव हाजिर भएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत खारेज हुने बताइन्। यता हिजो हाजिर भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत रासनारायण पटेलले नगरपालिकाका बैंक खाता समेत खुलाइएको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.