|

काठमाडौं : दशैँ भन्नेबित्तिकै रातो टीका, जमरा र मासुको पर्यावाचीको रूपमा लिने गरिन्छ।

दशैँमा घरमा खसी काट्नै पर्ने, मासु खानै पर्ने मान्यता अझै पनि नेपाली समाजमा रहेको छ। लामो समय घरबाहिर रहेका परिवारका सदस्यसमेत घरमा जम्मा भएर मीठामीठा परिकार खाने गरिन्छ। तर दशैँमा खानपानमा ध्यान नदिँदा उच्चरक्तचाप, मुटुरोग, मधुमेह र पेटका समस्याका साथै झाडाबान्ता हुने, कब्जियत हुने, युरिक एसिड बढ्ने र ग्यास्ट्रिकको समस्या देखिन्छन्।

दशैं उत्सव हो, राम्रो लगाउने, मीठो खाने अनि मनोरञ्जन गर्ने पर्व । वर्षदिनमा एकपटक आउने दशैंमा जो कोही रमाइलो गर्न चाहन्छन् र गर्छन् पनि । रमाइलोको एउटा पाटो हो खसीको मासु र रक्सी बढी मात्रामा सेवन गरिन्छ ।

किनभने दशैंलाइ मासु खाने पर्वको रुपमा पनि लिने गरिन्छ। अझै मासुको साथसाथै विभिन्न ब्रान्डका रक्सि तथा अन्य खालका पिय पदार्थहरु  पनि दशैको समयमा खाने गरेको पाइन्छ। वास्तवमा खसीको मासु र रक्सी मुटुका लागि हानिकारक हुन्छ। अझै खसि, बोका राँगा सुगुर जस्ता जनावरको रातो मासु झन मुटुको मुख्य शत्रु खानाहरु हुन। यीरातो मासुले कोलेस्ट्रोल बढ्ने र चिल्लो पदार्थ बढेपछि रक्तनली साँघुरिँदा मुटुको चालमा अनियमिता, हृदयाघात, उच्चरक्तचापको खतरा बढ्छ। ह्दयाघात मात्रै होइन रातो मासुले शरिरमा अनावश्यक चिल्लो पदार्थ बढाइदिदा कोलेस्टोरोल बढ्ने हुँदा शरिरमा रगतका नशाहरु खुम्चिन पुग्छन् र राम्रो संग रक्तसंचार हुन नपाउँदा मस्तिष्कघात समेत हुन पुग्छ।

त्यसैले रामाइलो र खुसीसाथ मनाइने दशैँमा खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा जटिलता थपिने हुँदा खानपानमा विशेष ध्यान दिनु आवश्यक छ। दशैको खानपानमा ध्यान नदिदा अन्य समयमा केही समस्या नभएका मानिसहरु पनि दशै पछि कोलेस्ट्रोरोल तथा अन्य प्रकारका समस्याहरु लिएर आउनु हुन्छ यो सबै पर्वको बहानामा खाइने अध्याधिक मासु र पिय पदार्थनै हुन।

मुटुका बिरामीले रक्सी र रातो मासु नखाएकै राम्रो

दशैँमा प्राय: सबैको घरमा अरू बेलाभन्दा धेरै मासुलगायत खानेकुरा खाने चलन छ। चाडपर्व भन्नेबित्तिकै काम नगरी घरमै आफन्तहरू जम्मा भएर यस्ता धेरै प्रोटिन तथा चिल्लोयुक्त चिज र रातो मासु खानाले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न गई उच्चरक्तचाप, हृदयाघात हुने जोखिम बढ्छ। यति मात्रै होइन धेरैले रातो  मासुका साथै विभिन्न प्रकारका अल्कोहल समेत खाने र शारिरिक व्यायम नगर्ने हुँदा यस समयमा धेरै पक्षघात (प्यारालाइस)का बिरामीहरु बढ्ने गर्छन्।

चाडबाडको बहानामा खाइने यस्ता पेय पदार्थ र धूमपानले मुटु र फोक्सोलाई हानि गर्छन्। चिसो र पेय पदार्थमा अत्यधिक गुलियो हुने भएकाले धेरै सेवन गर्नु राम्रो हुँदैन। सुगर, प्रेसर र मुटुरोग भएका व्यक्तिले पेय पदार्थ सेवन नगरेकै राम्रो हुन्छ।

कस्तो मासु खाने त?

सकेसम्म दशैँमा रातो मासुभन्दा सेतो मासु अर्थात् कुखुरा, माछा खानु उपयुक्त हुन्छ। माछामा चिल्लो कम हुनुका साथै प्रोटिन र भिटामिनजस्ता शरीरलाई आवश्यक तत्त्वहरू प्रशस्त हुन्छन्। माछामा भिटामिन बी, फोस्फोरस, आयोडिन, सेलिनियम, पोटासियमजस्ता खनिज तत्त्व पाइने हुँदा यसले शरीरलाई आवश्यक पर्ने प्राय: धेरै खनिजतत्त्वको पूर्ति गर्छ र स्वस्थकर पनि हुन्छ। मुटु र मधुमेह तथा उच्चरक्तचाप भएका मानिसले रातो मासु नखानु नै राम्रो हुन्छ।

दशैँमा धेरै माछामासु खानुभन्दा फलफूल, दूध, दही, सलाद र हरियो सागपातमा जोड दिनु राम्रो हुन्छ। यसले शरीरमा कोलेस्ट्रोलको मात्रालाई बढ्न दिँदैन। धेरैले मासु बेलुकी खाने गरेका छन् तर मासु सकेसम्म बिहान र दिउँसोको समयमा खानु राम्रो हुन्छ।

यसका साथै प्रायत्त मात्रामा फाइबर भएको खानेकुरा विभिन्न प्रकारका फलफूल तथा सलादहरु प्रयाप्त मात्रामा सेवन गर्नु पर्छ।

धेरै चिल्लो र फ्राइ गरेका खानेकुराले रक्तचाप र मधुमेहका बिरामीलाई असर गर्छ। धेरै फ्राइ गरेका खानेकुरा खाँदा फ्राइ गर्न प्रयोग गरिएको तेल, घ्यू धेरै बेरसम्म तताउँदा त्यसमा विषालु पदार्थ जम्छ, जसले मुटुलाई निकै हानि पुर्‍याउँछ। पकाएको माछामासु धेरै दिनसम्म खानु पनि राम्रो हुँदैन। पकाएको मासु लामो समयसम्म राख्दा दूषित हुन्छ र हाम्रो शरीरलाई हानी गर्छ। सकेसम्म बासी खानेकुरा यस समयमा खानु हुँदैन। मुटुको समस्या भएका उच्चरक्तचापको समस्या भएका बिरामीले आफूले खाइरहेका नियमित औषधीहरुलाई सेवन गर्न भुल्नु हुदैन।

मुटुरोग विशेषज्ञ डा शेखर राजभण्डारीसँग गरिएको कुराकानीमा आधारित

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.