|

काठमाडौं : त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजको उपाधिका लागि आज  नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदै छ। बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा यूएईलाई लगातार तेस्रोपटक पराजित गर्दै सिरिजको उपाधि जित्ने योजनामा नेपाल हुनेछ। 

पछिल्लो सयम सानदार प्रदर्शन गर्दै आएको नेपाल घरेलु मैदानमा १५ खेलयता अपराजित छ। ​ यूएई भने नेपालसँग भोगिरहेको पराजयको बदला दिने दाउमा छ। नेपाल लिग चरणमा अपराजित रहँदै फाइनल प्रवेश गरेको थियो भने नेट रनरेटका आधारमा हङकङलाई पछि पार्दै यूएईले नेपालसँगको भेट पक्का गरेको हो।

यसै सिरिजमा हङकङविरुद्ध कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले पाँचौं विकेटका लागि १४५ रनको विश्व कीर्तिमानी साझेदारी गरेका थिए।  सिरिजमा हालसम्म १४७ रन बनाएका आसिफ सेख सर्वाधिक रन बनाउने खेलाडीको दोस्रो स्थानमा छन्। १० विकेट लिएका करण केसी र ७ विकेट लिएका सोमपाल कामी सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष दुई स्थानमा छन्। कुशल मल्ल, कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरी राम्रो लयमा छन्।

आईसीसी टी-ट्वेन्टी विश्वकप छनोटअघि नेपाल र यूएईका लागि यो अन्तिम खेल हो। त्यसकारण टिमको कमजोरी पत्ता लगाउन र रणनीति बनाउन यो खेल दुवै टिमका लागि निकै महत्त्वपूर्ण हुनेछ। फाइनल खेलका लागि दुवै टिमले आफ्नो उत्कृष्ट टिम मैदानमा उतार्ने तयारी गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.