|

पथरी : स्थानीय स्तरबाट फ्रेन्चाइज पद्धतिद्वारा क्रिकेट प्रतियोगिता सुरु गरेको पथरी शनिश्चरे प्रिमियर लिगले आज (शुक्रवार) चौथो संस्करणको क्रिकेट प्रतियोगिता सुरु भएको हो।

मैदान अभावका बावजुद चौथो संस्करणको पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेट पथरी रङ्गशालामा हुने भएको छ। उद्घाटन खेल तेस्रो संस्करणको विजेता सात बाघ र पहिलो संस्करणको विजेता रोयल किङ्गबीच हुनेछ।

पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेट समितिले आयोजना गरेको प्रतियोगितामा नगरभित्रका सात फ्रेन्चाइज क्लबबीच प्रतिस्पर्धा गर्ने छन्। 

सात क्लबले क्रिकेट प्रतियोगिताका लागि अक्सनमार्फत १०३ जना खेलाडी अनुबन्ध गरेको हो। सात क्लबले कम्तिमा १४ खेलाडीलाई अक्सनअघि नै अनुबन्ध गरिसकेका थिए। 

२३१ जना क्रिकेट खेलाडीले यो सिजनको लिग खेल्नका लागि अक्सनमा सहभागिता जनाएका थिए।

यस पटकदेखि पथरी शनिश्चरे नगरबाहिरको चारजना खेलाडीले समेत सहभागिता हुन पाएका छन्। एक क्लबले चार खेलाडी अनुबन्धन गर्ने छन् भने दुई खेलाडीलाई ‘प्लेइङ एलाभेन’मा समेट्न सक्ने छन्। 

प्रतियोगितामा आइतबारे अस्त्र, बुद्ध युनाइटेड, क्लासिक—११, सात बाघ, वीरेन्द्रनगर (बिएसटी), रोयल किङ्स र गोरखा लिजेन्ड गरी सातवटा टोली यो सिजनमा भिड्दै छन्।

प्रतियोगिता यही कात्तिक २५ गतेसम्म सन्चालन हुनेछ। प्रतियोगिताको विजेताले १ लाख ३१ हजार रुपैयाँ नगद र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ७१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.