|

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउद आइतबार साँझ अमेरिका प्रस्थान गरेका छन्।

अमेरिका भ्रमणका क्रममा साउदले वासिङटन डीसीमा समकक्षी एन्टोनी जे.ब्लिंकेनसँग भेटवार्ता गर्नेछन्।

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) की प्रशासक सामन्था पावर, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) प्रमुख कार्यकारी अधिकृत एलिस पी अल्ब्राइट र अमेरिकी सरकारका उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्ने  उनको सचिवालयले जनाएको छ।

त्यहाँ रहँदा उनी युनाइटेड स्टेट्स इन्स्टिच्युट अफ पिस (यूएसआईपी) मा वार्ता कार्यक्रममा सहभागी हुनेछन्। यस्तै गैरआवासीय नेपाली संघका प्रतिनिधि र नेपाल–अमेरिका व्यवसायीसँगको अन्तरक्रिया, नेपाली–अमेरिकी व्यवसायी समुदायसँगको अन्तरक्रिया र सूचना प्रविधि सल्लाहकार सञ्जालसँगको भेटघाटमा सहभागी हुनेछन्।

परराष्ट्रमन्त्री साउदको प्रतिनिधिमण्डलमा अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री, परराष्ट्र मन्त्रालय र वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासका वरिष्ठ अधिकारीलगायत छन्।

उनी कात्तिक १९ गते काठमाडौं फर्किने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.