|

पाटन : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आर्थिक समृद्धि हासिल गर्न सरकारले भरमग्दुर प्रयत्न गरिरहेको बताएका छन्।

उनले यातायात क्षेत्रको कनेक्टिभिटीले जनताको आर्थिक समृद्धिमा सहयोग पुर्‍याउने धारणा राखेका छन्। नेपाल जेएसपीएस एल्मुनाई एसोसिएसन (एनजेएए)ले आज ललितपुरमा आयोजना गरेको ‘नेपालमा यातायात सञ्जाल विस्तार : अवसर र चुनौती’ विषयक कार्यक्रममा मन्त्री ज्वालाले सम्पूर्ण विकासमा सहयोग पुर्‍याउनुका साथै आर्थिक समृद्धि हासिल गर्न ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ अति आवश्यक रहेको बताए।

“ट्रान्सपोर्ट कनेक्टिभिटी’ले जनताको आर्थिक समृद्धिमा महत्वपूर्ण सहयोग पुर्‍याउँछ, आर्थिक समृद्धि हासिल गर्नका लागि ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’ अति आवश्यक रहेको छ। सडक सञ्जालको पर्याप्तता, पूर्वाधारको विकासका साथै मर्मतसम्भार र कार्यकुशलतासँग यी कुरा जोडिएका छन्। वर्तमान समयमा यी कुरा महत्वपूर्ण सरोकार र चासोको विषय हो”, मन्त्री ज्वालाले भने।  

उनले जापान सरकार र जाइका नेपालको यातायात क्षेत्रको विकासको ठूलो र महत्वपूर्ण साझेदार भएको बताउँदै विज्ञान प्रविधि र ‘ट्रान्सपोर्ट कनेक्टिभिटी’मा जापानको सफलताबाट सिकेर राम्रो सेवा प्रदान गर्न क्रियाशील रहने बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.