|

भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र नेदरल्याण्ड्स भिड्दैछन्। यी दुई टोलीबीचको खेल दिउँसो सवा २ बजे लखनऊमा शुरु हुनेछ। 

जारी प्रतियोगितामा अफगानिस्तानले ६ खेलमध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ। यस्तै समान खेलबाट नेदरल्याण्ड्सले २ खेलमा जित निकालेर ४ अंक जोडेको छ। अफगानिस्तान आजको खेल जित्दै सेमिफाइनलको सम्भावना जिवित राख्न चाहन्छ भने नेदरल्याण्ड्स अंक तालिकामा स्थान सुधारको लक्ष्यमा हुनेछ। 

यी दुई टोलीबीचको हेड टू हेडमा पछिल्ला ५ खेलमध्ये नेदरल्याण्ड्स एक खेलमा मात्र विजयी भएको छ भने अफगानिस्तानले ५ खेलमा जित निकालेको छ। 

यसअघि गएराति सकिएको खेलमा भारतले श्रीलंकाविरुद्ध ३०२ रनको प्रभावशाली जित निकालेको थियो। यससँगै भारतले आफ्ना सबै ७ खेलमा शतप्रतिशत जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.