|

काठमाडौँ : भारतले जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड रुपैयाँ (१० करोड भारु)बराबरको आपत्‌कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ।

आइतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्। विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टनभन्दा बढी आपत्‌कालीन राहत सामग्रीको खेप ढुवानी गर्‍यो।

त्रिपाल, कम्बल र डसना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसहरूका लागि चिकित्सा उपकरण समावेश थिए। राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ।

घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताए। भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिमा सहयोग जारी राख्ने बताए।

भारतले भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.