|

केन्याले २०२३ मा ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ।

केन्याको अर्थतन्त्र २०२३ मा ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको हो। जुन २०२२ मा रेकर्ड गरिएको ४.८ प्रतिशत रहेको छ। केन्याको केन्द्रिय बैंकका डेपुटी गभर्नर सुसान कोचले केन्याको राजधानी नैरोबीमा भएको एक फोरममा कृषि र सेवा क्षेत्रको पुनरुत्थानका साथै उत्पादन क्षेत्रलाई उत्प्रेरित गर्न लागू गरिएका सरकारी उपायहरूबाट वृद्धि हुने बताए।

एनसीबीए बैंक २०२४ म्याक्रो इकोनोमिक आउटलुक फोरमले केन्याको आर्थिक विद्धि बढाउने उपायहरूको समीक्षा गर्न वरिष्ठ सरकारी अधिकारीहरू, बैंक अधिकारीहरूको बैठक बसेको थियो।

कोचले पूर्वी अफ्रिकी राष्ट्रको अर्थतन्त्र २०२४ मा ६ प्रतिशतले बिस्तार हुने प्रक्षेपण गरिएको बताउनु भयो। उहाँले केन्याको आर्थिक प्रदर्शन पनि ताजा फूल, चिया र कफी जस्ता कृषि उत्पादनहरूमा हावी रहेको निर्यातमा आधारित रहेको बताउनु भयो। कोचका अनुसार, केन्याको निर्यातको करिव ४० प्रतिशत अफ्रिकी महाद्वीपले उपभोग गरेको छ जुन हाल अफ्रिकी महादेशीय स्वतन्त्र व्यापार क्षेत्र कार्यान्वयन गरिरहेको छ। देशको निर्यात क्षेत्र सक्रिय रहनेछ। उनले साना तथा मझौला उद्यमको बाहुल्य रहेको निजी क्षेत्र पनि आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.