|

काठमाडौं : नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मीपूजा । घर-घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेर धुमधामसँग मनाईंदै छ।  

घरघरमा दीपावली र लक्ष्मीपूजा गरेर मनाइने यो चाडको विशेष रौनक हो।

फूल र बत्तीको पर्व पनि हो तिहार। तिहारको पाँच दिन घरघरमा बत्ती र फूलले सजाएर झकिझकाउ बनाइन्छ। यतिबेला फूल र बत्तीको झिलीमिलीले काठमाडौं शहर पनि झलमल्ल बनेको छ।

लक्ष्मीपूजाको दिन राजधानी उपत्यकासहित देशभरका सहर चम्किएका छन्। पहिले दियो र मैनबत्ती बालेर गाउँ सहर झिलिमिली पार्ने चलन थियो । पछिल्लो समय सहरदेखि गाउँसम्म विद्युतीय बत्तीले झिलिमिली पारेर तिहारको स्वागत गरिन्छ।

तिहारको बत्ती र झिलिमिलीले झकिझकाउ भएको छ संघीय राजधानी शहर। यो वर्षको तिहारलाई काठमाडौं उपत्यकाका विभिन्न अग्ला डाँडाबाट देखिएका केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.