|

सर्लाही : सर्लाही निवासी राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्शन झाको अभिनन्दन गरिएको छ। पत्रकार महासंघ सर्लाही शाखाको आयोजनामा सोमबार मलंगवास्थित जिल्ला समन्वय समितिको सभा हलमा उनलाई खादा ओढाएर सम्मान गरिएको हो।

कार्यक्रममा सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले क्रिकेट खेलाडी गुल्शन झालाई यसअघि नचिने पनि खेल हेर्दै जाँदा चिन्न थालेको बताए। प्रजिअ धमलाले देशको गहनाको सम्मान गर्न पाउँदा अन्तष्करणदेखि नै खुशी लागेको बताए। 

क्रिकेटले नेपालमा धेरै सम्भावना देखाएको प्रजिअ धमलाको भनाइ थियो। सर्लाहीको छोरो गुल्शनले देशप्रति गर्व हुने काम गरेको उनले बताए।

जिल्ला समन्वय समिति प्रमुख कौशलकिशोर सिंहलगायत अन्य अतिथिहरूले खेल क्षेत्र र त्यसमाथि पनि क्रिकेटले लिएको गतिलाई सम्मान गर्दै यसमा लगानी बढाउँदै लैजानुपर्ने बताए। 

पत्रकार महासंघ सर्लाहीका जिल्ला अध्यक्ष टंक क्षेत्रीले क्रिकेटहरूले देशको शान बढाएको र सयौं गुल्शन झाहरू जन्माउनुपर्ने बताए। 

सन् २०२४ मा हुने टी-२० विश्वकप छनोटका लागि भएका खेलमा गुल्शनले उच्चस्तरीय प्रदर्शन गरेका थिए। गुल्शन सर्लाही मलंगवा निवासी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.