|

सप्तरी : लैङ्गिक हिंसा नियन्त्रणका लागि बुधवार जिल्लामा १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल गठन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवम् प्रहरी उपरीक्षक (एसपी) गजुसिद्धि बज्राचार्यको अध्यक्षतामा बसेको बैठकले १९ सदस्यीय लैङ्गिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल समिति गठन गरेको प्रहरी नायव उपरीक्षक शिव शर्माले जानकारी दिए।

प्रहरी उपरीक्षक बज्राचार्यको संयोजकत्वमा गठित समितिमा जिल्ला प्रशासन कार्यालयका अधिकृत भीमराज बस्नेत, मानव अधिकारको क्षेत्रमा कार्यरत प्रतिनिधिबाट इन्सेक सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेल, जिल्ला बार एकाईबाट अध्यक्ष रामप्रसाद चौधरी, उद्योग वाणिज्य संघबाट अध्यक्ष लालु अग्रवाल, नागरिक समाजबाट अध्यक्ष थानसिंह भन्साली, गैसस महासंघ सप्तरीका अध्यक्ष दिपक झा, प्याब्सनका अध्यक्ष अरुणकुमार देव, स्थानीय विद्यालयबाट पब्लिक विन्देश्वरी मावि राजविराजका प्रधानाध्यापक मोहन मिश्र चयन भएका छन्। सदस्यसचिव (पदेन) मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रहरी निरीक्षक अवधेशकुमार यादव रहेका छन्।

लैङ्गिक हिंसाका घटनाहरू तत्काल सम्बोधन गर्न कार्ययोजना बनाई प्रभावकारी कार्यान्वयन गर्ने, लैङ्गिक हिंसा न्यूनीकरण तथा नियन्त्रणका लागि स्थानीय श्रोतको पहिचान तथा परिचालन गर्ने, लैङ्गिक हिंसा न्यूनीकरणका लागि पीडितलाई सेवा दिने एवम् जनचेतनामूलक काम गर्ने र सम्बन्धित निकाय, गैरसरकारी निकायहरूसँग समन्वय र सहकार्य गर्ने सञ्जालको उद्देश्य रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.