|

धरान : सुनसरीको वराहक्षेत्र नगरपालिकास्थित प्राचीन पवित्र तीर्थस्थल वराहक्षेत्रमा हरिबोधिनी एकादशी मेला शुरु भएको छ।

हरेक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला मंसिर ७ गतेदेखि मंसिर ११ गते पूर्णिमासम्म लाग्ने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले बताए। 

मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन, विद्युत्, खानेपानीलगायत उपसमिति गठन गरी काम गरिएको उनले बताए।

मेलाका लागि आन्तरिक तथा बाह्य गरी ५ लाखभन्दा बढी भक्तजनको सहभागिता रहने वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले जानकारी दिए। मेला सफलताका लागि बगर सम्याउने, रङ  लगाउने, मन्दिर सिँगार्ने साथै नियमित सरसफाइ गरेको उनले बताए।

हिन्दू धर्मका प्रमुख ४ धाममध्ये एक मानिएको वराहक्षेत्रमा लाग्ने हरिबोधिनी एकादशी मेला प्रसिद्ध तथा धार्मिक महत्व बोकेको मेला भएको नेपालका बालसन्त मोहनशरण देवाचार्यले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.