|

सल्यान : सल्यानमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। राप्ती राजमार्गअन्तर्गत सल्यान शारदा नगरपालिका-६ भट्टाचौरमा दाङ तुलसीपुरबाट सल्यान दार्मा जाँदै गरेको ना ४ ख ३९९६ नम्बरको बस दुर्घटना भएको हो।

दुर्घटनामा सल्यान कुमाख गाउँपालिका-७ जिमालीका २५ वर्षीय सहचालक लालबहादुर शाही, बागचौर नगरपालिका-२ का १० वर्षीय सुसान्त केसी, ५५ वर्षीया सावित्रा ओली, ७८ वर्षीया झुपा केसी, दाङ बबई गाउँपालिका-७ का ३८ वर्षीय कुशल डाँगी र बाँके राप्ती सोनारी गाउँपालिका-३ की ५० वर्षीया डिला खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घाइतेमध्ये सहचालक शाहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए। घाइतेहरुको श्रीनगरस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको उनको भनाई छ। बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.