|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अहिलेको व्यवस्था संकटमा नरहेको टिप्पणी गरेका छन्। 

पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा पेस गरेको राजनीतिक दस्तावेजमा उनले पुराना दल र तिनको राजनीति संकटमा रहेको उल्लेख गरेका छन्।

‘पुराना दलहरू आफू आफू बैठक गरी यो व्यवस्था संकटमा छ भन्दैछन् । वास्तवमा संकटमा व्यवस्था होइन, संकटमा उनीहरू छन्, उनीहरूको राजनीति छ । व्यवस्था संकटमा परे जोगाउने जनता छन्।’ लामिछानेले प्रतिवेदनमा उल्लेख गरेका छन्।

आफूहरूले व्यवस्थाको विरोध नगरेको भन्दै लामिछानेले यो व्यवस्थालाई जनमतको वैधानिक बलमा देशको सामर्थ्य अनुसार क्रमशः उन्नत बनाऔं मात्रै भनेको लामिछानेको दाबी छ। 

‘के यो व्यवस्थामा वैधानिक बाटोबाट दुई तिहाइ बहुमतसँगै सत्तामा गएर आफ्नो एजेण्डा लागू गराउँछु भन्न पाइन्न?’ लामछानेको प्रश्न छ।

उनले पार्टीले आगामी निर्वाचनलाई लक्षित गरी मिसन ८४ चलाइरहे पनि मध्यावधि निर्वाचनको संकेत गरेका छन्। त्यसका लागि तयार रहन पनि पार्टीपंक्तिलाई उनले निर्देशन दिएका छन्।

एकातिर मुलुक झन् झन् उधो गतिमा जाने, अर्कातिर सबैलाई अर्को चुनाव चाहिने। त्यसो हो भने ४ वर्ष कुरेर मुलुकलाई थप जटिल बनाउने कि मध्यावधिमा लैजाने ? सकेसम्म सबै पुराना दलहरू मिलेर मिसन ८०, ८१, ८२, ८३ बनाउन सके प्रतिपक्षी भूमिका हामी निभाउँछौं । होइन भने यही बेथितिको निरन्तरता अर्को ४ वर्ष कुर्दा मुलुकलाई लाग्ने घाटा धेरै होला कि निर्वाचन गर्ने खर्च धेरै होला ? उनले प्रतिवेदनमा भनेका छन्‚साथीहरू, त्यसैले मिसन ८४ को नारा फेरिन पनि सक्छ, फेर्न पर्ने पनि हुन सक्छ। पार्टीको सबै संरचना लाई ‘स्ट्यान्ड बाई’ रहन निर्देशन दिन्छु ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.