|

काठमाडौँ : ‘माटो र पानी जीवनको थालनी’ भन्ने नाराका साथ आज दशौँ विश्व ‘माटो दिवस’ मनाइएको छ। नेपालमा पनि माटोको महत्त्व दर्शाउँदै यसको संरक्षण, संवर्धन र उचित व्यवस्थापनका लागि जनचेतना बढाउन विविध कार्यक्रम गरी माटो दिवस मनाइयो।

यसको उद्देश्य माटो व्यवस्थापनमा बढ्दो चुनौतीलाई सम्बोधन, जलथलको संरक्षण, वातावरण संरक्षण र मानव स्वास्थ्यको रक्षा, माटोको स्वास्थ्यमा सक्रिय सुधारका लागि प्रतिबद्ध गर्न प्रोत्साहित गर्ने जनचेतना फैलाउने रहेको छ।

नेपालमा माटोको अम्लीयपना प्रमुख समस्या रहेको छ। बागमती प्रदेशमा करिब ८० प्रतिशत माटोमा अम्लीयपन रहेको छ। यस्तो माटो सुधार्न कृषि चुनको प्रयोग गर्नुपर्ने देखिन्छ।​

यसैगरी यहाँको माटोमा प्रांगारिक पदार्थको कमी दोस्रो ठूलो समस्या रहेकाले गुणस्तरीय प्रांगारिक मल र प्रयोग आवश्यक रहेको छ।

जथाभावी रासायनिक मल प्रयोगले माटो मृत अवस्थामा पुग्ने देखिएकाले माटोमा सूक्ष्म जीवाणु मलको प्रयोग महत्त्वपूर्ण रूपमा सञ्चालन गर्नुपर्ने देखिन्छ।

 यसरी माटोलाई पुनर्जीवन दिन ‘माटो तथा मल परीक्षण प्रयोगशाला’ हेटौँडाले शंखरापुर नगरपालिका-३ जर्सिङपौवामा निःशुल्क माटो परीक्षण शिविर सञ्चालन गर्दै छ। शंखरापुर नगरपालिकाका विभिन्न वडाबाट संकलित ४२५ थान माटोको नमुना घुम्ती प्रयोगशालामार्फत गरिनेछ।

परीक्षणको नतिजाअनुसार कृषकलाई निःशुल्क कृषि चुन (१६ मे.टन) वितरण गर्ने र माटो व्यवस्थापनका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी शंखरापुर नगरपालिका र ‘माटो तथा मल परीक्षण प्रयोगशाला’ हेटौंडाले संयुक्त रूपमा ‘विश्व माटो दिवस २०८०’ मनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.