|
केही अघि संसदीय समितिले आयोजना गरेको बैठक

काठमाडौँ : चालिस वर्ष उमेर हद र तहगत शैक्षिक योग्यताक्रम माग राष्ट्रिय संघर्ष समितिले शिक्षा विधेयक संशोधनका विषयमा राजनीतिक दलका नेता तथा सांसदहरूसँग भेटघाट गरी ध्यानाकर्षण गराएको छ। 

विधेयक शिक्षा क्षेत्रको विपक्षमा रहेको उल्लेख गर्दै संघर्ष समितिले विधेयकका कतिपय प्रावधान सच्याउनुपर्ने भन्दै राजनीतिक दलका नेता, सरोकारवाला प्रतिनिधि तथा सांसदहरुलाई भेटेर ध्यानाकर्षण गराएको हो। 

समितिले शिक्षक सेवा आयोगमार्फत प्रवेश उमेर हद ४० वर्ष, सेवा प्रवेश न्युनतम शैक्षिक योग्यता प्लस टु, सबै प्रकारका शिक्षकको उचित तरिकाबाट समान शिक्षक सेवासुविधा तथा सम्मान, शैक्षिक गुणस्तर र समग्र शैक्षिक सुधारका एजेण्डा शिक्षा ऐनमा हुनुपर्ने गरी अभियान चलाइरहेको समितिका संयोजक प्रताप शर्मा फणिन्द्रले बताए।

ती मागहरुबारे सांसद तथा दलका सचेतकलाई भेटेर ध्यानाकर्षणपत्र समेत बुझाएको र धेरै सांसदहरुले संशोधन प्रस्ताव दर्ता पनि गराएका उनले जानकारी दिए।

प्रस्तावित विधेयकको दफा ५० (घ) मा संशोधन गरी १८/२१ वर्ष पूरा भई ४० वर्ष पुरा नभएको राख्न गरिएको मागअनुसार गगन थापासहितका सांसदहरुले संशोधन  दर्ता गराएको उनले जानकारी दिए। 

सोही दफामा २१ वर्ष पुरा भएको राख्नुपर्ने भनी सांसद महेशकुमार वर्तौलासहितका सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका छन्। केही सांसदहरुले २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको भनेर राख्नुपर्ने मागसहित संशोधन प्रस्ताव दर्ता गराएका बताइएको छ।    

यस्तै सेवा प्रवेशको हकमा न्युनकत प्लस टु राख्नुपर्ने मागबमोजिम नै भानुभक्त जोशी, महेशकुमार वर्तौला, देवेन्द्र पौडेललगायतले संशोधन प्रस्ताव दर्ता गराएका जनाइएको छ। 

यस्तै एसइईलाई कायम राख्नुपर्ने संघर्ष समितिको मागअनुसार धेरै सांसदहरुले शर्तसहितको व्यवस्था  दर्ता गराएका पनि संघर्ष समितिले जनाएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.